आलु खेति गर्ने वैज्ञानीक तरिका , यसरी लगाउदा अत्याधिक फलाउन सकिन्छ ।

आलु तरकारिकोनै राजा हो । जहा जेमा पनी मिल्ने साह्रैनै स्वादिष्ट हुने आलु सबैलाइ मन पर्छ । त्यसैले यो खेति राम्रो उत्पादन गर्न सकेमा हामिलाई धेरै फाईदा हुने गर्दछ । राम्रो उत्पान गर्न का लागी निन्म कुराहरुमा ध्यान दिन आवश्यक हुनु पर्दछ।

बिउको राम्रो छनौट ।
हाम्रो अहिले रोपेको चाही टिपिएस भन्ने जात हो । यो भनेको के हो भने आलु फुल फलि सकेपछि त्यसमा लागेको टमटरको बियाजस्तो बाट लगाएर उब्जाएको सानो मसिनो खालको आलुको बिया लाई रोपेका छौ यो धेरैमात्रमा फल्ने गर्दछ ।
त्यस्तै रातो आलु, निलो आलु, सेतो आलु, मुस्ताने आलु , लोकल आलु ईत्यादी छन् ।
हाम्रो मौसम अनुसारको विउ छनौट गरि हामिले लगाउन जरुरी छ ।
लगाउदा महिले भिडियोमा बताएको जस्तो गरी लगाउनु होला।
१८ ईन्च को फरकमा वर्ग आकारमा ३ लाईन लगाएर  माटो ले पुर्ने जग्गा छोड्नु पर्छ । जसबाट पछि पानि हाल्न र हिड्नको लागी पनि बाटो हुन्छ।
आलुमा फलाउनको लागी प्रसस्त मलको आवस्याकता पर्दछ।
मलको लागी गाईभैसिको रोपनिको २० डोका वा कुखुराको ५ बोरा हालेपनि हुन्छ। र रोपनिमा ५ केजि डिएपी ३ केजि पोटास र युरिया चाहि २ केजि हाल्नुहोला। रअरु तत्वहरु पनि किनेर ल्याउनु भएको छ भने हाल्नु होला र राम्रो सँग जोतेर माटो धुलो बनाउनुहोला
कसैले खाडलखनेर मल हाल्ने चलन छ यो भन्दा राम्रो पहिलानै राम्रो सँग माटोमा मोलेको राम्रो हो ।
सबैकुरा गरि सकेपछी भिडियोमा भने मुताबिक लगाउनुहोला ।
र तराई ईलाकामा छ भने तुसारो पर्ने बेलामा चाहि सितले नखाने औषधी राख्नुहोला ।
जरुरी कुरा त्यहिनै हो ।
र भिटामिन पनि दिनुहोला र माटो धेरै चिसो नपार्नु होला सुरुमा जब जरा बढि सकेर झाल ठुलो हुन्छ अनि मात्र पानि दिनुहोला त्यसो गर्दा झार पनी सुरुमा कम आउछ र झाल राम्रो जरा फैलिन्छ। अनि पानि दिएपछि मल राम्रो सँग भिझेर फल अत्याधिक हाल्छ । धेरै मुनाफा आउछ। खन्ने बेलामा झाल मरेपछि केहिदिन रोकेर खनेमा पछि आलु नकुहिने हुन्छ । वा झाल उक्याएर केहि दिन माटोमा नै राख्नु भयो भने धेरै राम्रो बोक्ररा बलियो हुन्छ। आलु निरोगी बन्छ ।
राम्रो संग खनेर भण्डार गर्नुहोस् र समयामा भाउ आएको बेलामा बेचेर राम्रो आम्दानि कमाउनुहोस् ।
केहि नया जानकारीको लागी हामिलाई कमेन्ट गर्न नबिर्सनुहोला ।
सम्पुर्ण जानकारीको लागी यो भिडियो हेर्न नभुल्नुहोला ।


धन्यवाद ।


Comments